माघ ११ को अंकगणित : ‘क्लिन स्विप’को बाटोमा गठबन्धन (मतभारसहित)
सारांश
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सिट बाँडफाँड मिलेको छ।
- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ, जसमा मतदाता नामावली प्रकाशन हुनेछ।
- कोशी प्रदेशमा एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रका सदस्यहरूको पदावधि सकिने छ।
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भागबण्डा मिलेको छ । सहमति अनुसार कांग्रेसले ७, एमाले ७, नेकपाले ३ र जसपा नेपालले एक सिट पाउने छ ।
राष्ट्रिय सभामा अगामी फागुन २० गते पदावधि सकिने १८ जना सदस्यका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कोशी प्रदेशमा पदावधि सकिने सदस्यहरूमा एमालेका देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम र नेकपा माओवादी केन्द्रका गोपी बहादुर सार्की अछामी रहेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा योपटक कांग्रेसलाई 'लोटरी' परेको छ । एमालेका ८, नेकपाको ८ र जसपा नेपालको २ जनाको पदावधि सकिँदा कांग्रेसको एक जना पनि छैन । सहमति अनुसार एमालेले साविकमध्ये एक सिट गुमाउँदा नेकपाले पाँच सिट गुमाउने भएको छ । त्यस्तै जसपा नेपालले एक सिट गुमाउने देखिन्छ ।
अहिले राष्ट्रिय सभामा नेकपाको अध्यक्षसहित १७ जना, कांग्रेसको १६ जना, एमालेको उपाध्यक्षसहित १० जना, एकीकृत समाजवादीको ८, जसपा नेपालको ३, लोसपा र राष्ट्रिय जनमोर्चाको एक/एक र राष्ट्रपतिबाट मनोनित ३ जना गरी ५९ सिट छ ।
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहनेछन् । पछिल्लो मतभार अनुसार प्रदेश सभाको ५३ र स्थानीयत तहको १९ कायम भएको छ । आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रदेश सभामा ५४५, स्थानीय तहमा १४९८ गरी जम्मा २०४३ मतदाता रहेका छन् । प्रदेश सभाको मतभार २८८८५ र स्थानीय तहको २८४६२ गरी कुल ५७३४७ मतभार रहेको छ ।

जेनजी विद्रोह अगाडि सत्ता सहयात्री दल रहेको कांग्रेस र एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत सहकार्यका लागि ‘डिपाचर’का रुपमा यो निर्वाचनलाई अथ्र्याइएको छ । संसद पुनर्स्थापनाको विषयमा पनि यी दुई दलले विघटित प्रतिनिभिसभाका १४३ जनाको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेका छन् ।
यता नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेसँग राष्ट्रिय मुद्दा र चुनावी तालमेलको विषयमा सहकार्य गर्नेगरी आन्तरिक छलफल गरिरहेका छन् । नयाँ दल रास्वपाले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल, विवेकशील साझा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र नागरिक उन्मुक्ति पार्टीका पूर्वपदाधिकारीलाई समेटेर एकता गरेपछि प्रमुख तीन दलले पनि सहकार्य गर्न लागेका हुन् । मुख्य चार दलले चुनावी तालमेल गरेपछि सबै प्रदेशमा एकलौटी जस्तै भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली सार्वजनिक गरिनेछ । पुस २२ गते दिउँसा ३ देखि ४ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध तथा निवेदनमाथि छानविन गरी अन्तिम नामावली प्रकाशित गर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । पुस २३ गते बिहान १० देखि ३ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता कार्यक्रम छ । पुस २४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
कुन प्रदेशमा कस्तो छ मतभार ?
- कोशी प्रदेश(१३७/९३)
एमालेको प्रदेश सभामा २१२० र स्थानीय तहमा २०९० गरी कुल ४२१० मतभार छ । कांग्रेसको प्रदेश सभामा १५३७ र स्थानीय तहमा २१६६ गरी कुल ३७०३ मतभार कांग्रेसको छ । तेस्रो दल तत्कालीन माओवादी केन्द्रको प्रदेश सभामा ६८९ र स्थानीय तहमा ६०८ गरी कुल १२९७ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरी नेकपा बनेको हुनाले थपा २१२ र १३३ गरी कुल ३४५ मतभार थपिएको छ । यी दुवै मतभार जोड्दा नेकपाको कुल १६४२ मतभार हुनेछ । यीबाहेक राप्रपाको ३९४, जसपा नेपालको १६७ र स्वतन्त्रको ५७ मतभार छ ।
- मधेश प्रदेश(१३६/१०७)
माधेश प्रदेशमा एमालेको प्रदेश सभाको मतभार १३२५ र स्थानीय तहमा १०८३ गरी कुल २४०८ मतभार छ । कांग्रेसको प्रदेश सभामा ११६६ र स्थानीय तहमा १९३८ मतभार गरी कुल ३१०४ मतभार छ । माओवादीको प्रदेश सभामा ४७७ र स्थानीय तहमा ३४२ गरी कुल ८१९ मतभार छ । एकीकृत समाजवादीको प्रदेश सभामा ३७१ र स्थानीय तहमा २०९ गरी ५८० मतभार छ ।
यस्तै जसपा नेपालको प्रदेश सभामा १००७ र स्थानीय तहमा ९६९ गरी कुल १९७६ मतभार छ । लोसपाको प्रदेश सभामा ४७७ र स्थानीय तहमा ४५६ गरी कुल ९३३ मतभार छ । जनमत पार्टीको प्रदेश सभामा ६८९ र स्थानीय तहमा ५७ गरी कुल ७४६ मतभार छ । नेपाल संघीय समाजवादी पार्टीको ५३, नाउपाको ५३, राप्रपाको ५३, तमलोपाको १९, विवेकशील साझाको ३८ र स्वतन्त्रको ५७ मतभार छ ।
- बागमनी प्रदेश(११९/११०)
एमालेको प्रदेश सभामा १४३१ र ११४० स्थानीय तह गरी कुल २५७१ मतभार छ । कांग्रेसको प्रदेश सभामा १९६१ र स्थानीय तहमा २०३३ गरी कुल ३९९४ मतभार छ । माओवादीको प्रदेश १११३ र स्थानीय १०८३ गरी कुल २१९६ मतभार छ । एकीकृत समाजवादीको प्रदेश सभामा ३७१ र स्थानीय तहमा १७१ गरी कुल ५४२ मतभार छ ।
राप्रपाको प्रदेश सभामा ६८९ र स्थानीय तहमा १९ गरी कुल ७०८ मतभार छ । यस्तै नेमकिपाको प्रदेश सभामा १५९ र स्थानीय तहमा ३८ गरी कुल १९७ मतभार छ । हाम्रो नेपाली पार्टीको प्रदेश सभामा १०६ र स्वतन्त्रको स्थानीय तहमा १९ मतभार छ ।
- गण्डकी प्रदेश(८५/६०)
एमालेको प्रदेश सभामा ११६६ र स्थानीय तहमा १२९२ गरी कुल २४५८ मतभार छ । कांग्रेसको प्रदेश सभामा १४३१ र स्थानीय तहमा १२७३ गरी कुल २७०४ मतभार छ । माओवादीको प्रदेश सभामा ४२४ र स्थानीय तहमा ५७० गरी कुल ९९४ मतभार छ । एकीकृत समाजवादीको स्थानीय तहमा १९ मतभार छ । राप्रपाको प्रदेश सभामा १०६, राष्ट्रिय जनमोर्चाको स्थानीय तहमा ५७, नेसपा नयाँशक्ति(हाल प्रलोपा)को प्रदेश सभामा ५३ मतभार छ । स्वतन्त्रको प्रदेश सभामा ५३ र स्थानीय तहमा १९ गरी कुल ७२ मतभार छ ।
- लुम्बिनी(१०९/८७)
एमालेको प्रदेश सभामा १५३७ र स्थानीय तहमा १२७३ गरी कुल २८१० मतभार छ । कांग्रेसको प्रदेश सभामा १३७८ र स्थानीय तहमा १७४८ गरी कुल ३१२६ मतभार छ ।
माओवादीको प्रदेश सभामा ५८३ र स्थानीय तहमा ७६० गरी कुल १३४३ मतभार छ । जसपा नेपालको प्रदेश सभामा १५९ र स्थानीय तहमा ११४ गरी २७३ मतभार छ । लोसपाको प्रदेश सभामा १५९ र स्थानीय तहमा ९५ गरी कुल २५४ मतभार छ ।
राप्रपाको प्रदेश सभामा २१२ र स्थानीय तहमा ५७ गरी कुल २६९ मतभार छ । नाउपाको प्रदेश सभामा २१२, जनमत पार्टीको प्रदेश सभामा १५९, लोसपाको १५९, राष्ट्रिय जनमोर्चाको प्रदेश सभामा ५३ र स्थानीय तहमा ५७ गरी कुल ११२ मतभार छ । प्रदेश सभामा स्वतन्त्रको ५३ र जनता प्रगतिशील पार्टीको स्थानीय तहमा ३८ मतभार छ ।
- कर्णाली प्रदेश(७९/४०)
एमालेको प्रदेश सभामा ४७७ र स्थानीय तहमा ६६५ गरी कुल ११४२ मतभार छ । कांग्रेसको प्रदेश सभामा ७९५ र स्थानीय तहमा ११२१ गरी कुल १९१६ मतभार छ । माओवादीको प्रदेश सभामा ६८९ र स्थानीय तहमा ९१२ गरी कुल १६०१ मतभार छ । एकीकृत समाजवादीको प्रदेश सभामा ५३ र स्थानीय तहमा १९० गरी कुल २४३ मतभार छ । राप्रपाको प्रदेश सभामा ५३ र स्वतन्त्रको स्थानीय तहमा ११४ मतभार छ ।
- सुदूरपश्चिम प्रदेश(८८/५३)
एमालेको प्रदेश सभामा ५८३ र स्थानीय तहमा ९५० गरी कुल १५३३ मतभार छ । कांग्रेसको प्रदेश सभामा ९५४ र स्थानीय तहमा १६३४ गरी कुल २५८८ मतभार छ । माओवादीको प्रदेश सभामा ५३० र स्थानीय तहमा ४७५ गरी कुल १००५ मतभार छ ।
एकीकृत समाजवादीको प्रदेश सभामा २१२ र स्थानीय तहमा ९५ गरी कुल ३०७ मतभार छ । नाउपाको प्रदेश सभामा ३७१ र स्थानीय तहमा १३३ गरी कुल ५०४ मतभार छ । राप्रपाको प्रदेश सभामा ५३ मतभार छ । स्वतन्त्रको प्रदेश सभामा ५३ र स्थानीय तहमा ५७ गरी कुल ११० मतभार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण