क्रिकेटर शेर मल्ल गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडर
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को नेपालको सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाउन सफल क्रिकेटर शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एन्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।
यस सम्बन्धी औपचारिक सम्झौतामा क्रिकेटर मल्ल र कम्पनीबिच हस्ताक्षर भएको छ ।
नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय मल्ल एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका थिए । हाल लुम्बिनी लायन्समा आबद्ध उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो सिजन जित्ने एकमात्र खेलाडी हुन् ।
बलिङमा आफ्नो रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण चर्चित रहेका मल्लले गौतम एजुकेसनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको बताएका छन् ।
गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजीत गौतमले मल्लजस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, 'नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि स्पोन्सर गर्ने योजना बनाएका छौँ ।'
गौतम एजुकेसनले अध्ययनका लागि अस्ट्रेलिया, यूके, जापान, क्यानडा र अमेरिका जाने चाहना राख्ने विद्यार्थीहरूलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण