नेकपाको निष्कर्ष : राष्ट्रियताको सवालमा देशभक्तहरुको बृहत् समझदारी आवश्यक
काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को परामर्श बैठकले राष्ट्रियताको सवालमा देशभक्तहरुको बृहत् समझदारी आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
मंगलबार पेरिसडाँडामा भएको परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता अग्निप्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् ।
उनकाअनुसार बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ । राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको सन्दर्भमा पहलकदमी लिनुनर्पे र संविधान, परिवर्तन, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक सिद्धान्तको रक्षाका लागि यसका संवाहक शक्तिहरु एक हुनुपर्ने समय रहेको बताए ।
आगामी २९ गते सबै केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोह हुने पनि जानकारी दिए । आन्तरिक, संगठनात्मक कुराहरु तदारुकताकासाथ गर्ने र २९ गतेसम्म संगठनात्मक संरचनाहरु सबै तयार गरिसक्ने निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण