धानबालीमा क्षति ब्यहोरेका किसानलाई पालिकाबाट नगद सहयोग
सारांश
- शिवपुरी गाउँपालिकाले वर्षाले क्षति पुगेका किसानलाई नगद राहत दिने भएको छ।
- किसानलाई प्रति परिवार ३ हजार र प्रति रोपनी २०० का दरले राहत दिइनेछ।
- पालिकाले विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने जनाएको छ।
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले वर्षातको कारण धानबालीमा क्षति बेहोरेका किसानलाई नगद राहत उपलब्ध गराउने भएको छ ।
गत कात्तिक ११ गतेदेखि लगातार परेको वर्षातको कारण धान भित्र्याउने समयमा किसानले क्षति बेहोरेका थिए । उक्त समयमा गाउँपालिकाले राहतस्वरूप नगद उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए ।
उनका अनुसार किसानलाई रु तीन हजारसहित उनीहरूको क्षति ब्यहोरेका खेतको प्रतिरोपनी रु २०० का दरले थप रकम उपलब्ध गराउने निर्णय कार्यपालिकाबाट गरिएको छ । गाउँपालिकाको कृषि प्राविधिकमार्फत सङ्कलन गरेको विवरणअनुसार शिवपुरी गाउँपालिकामा ४७५ किसान परिवारले दुई हजार ७२३ रोपनी खेतमा लगाएको धानबालीमा क्षति पुगेको थियो ।
“किसानको आम्दानीको मुख्यबाली धान भित्र्याउने समयमा वर्षाको कारण भएको क्षतिमा उनीहरूलाई नगद उपलब्ध गराई राहत दिन लागिएको छ”, अध्यक्ष थपलियाले भने, “राहत प्रदानका लागि माथिल्ला निकायबाट सहयोग नभएकाले पालिकाको विपद् व्यवस्थापन कोषमा मौजुदा रहेको रकममार्फत उपलब्ध गराउन लागिएको हो ।”
पालिकाले धानबालीमा क्षति बेहोरेका ४७५ घरपरिवार किसानलाई रु तीन हजारका दरले नगद प्रदान गर्दा रु १४ लाख २५ हजार खर्च हुने जनाएको छ । ४७५ घरपरिवार किसानको दुई हजार ७२३ रोपनी खेतमा क्षति पुगेकाले उनीहरूलाई प्रतिरोपनी रु २०० का दरले नगद उपलब्ध गराउदा थप रु पाँच लाख ४४ हजार ६०० आवश्यक पर्ने गाउँपालिकाको उपाध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।
उनको अनुसार किसानको धानबालीमा पुगेको क्षतिका लागि प्रदेश र सङ्घीय सरकार समक्ष गरिएको मागमा सम्बोधन नभएको हुँदा उक्त रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट गरिएको छ ।
किसानलाई नगद प्रवाहका लागि रु १९ लाख ६९ हजार ६०० बजेट आवश्यक पर्ने भएकाले उक्त रकम कोषमा रहेको रु १५ लाख र आवश्यक बजेटको स्रोत व्यवस्थापन भइसकेकाले प्रभावित किसानलाई नगद बुझ्नको लागि वडा कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण