बागलङ महोत्सवमा रु आठ करोडको कारोबार
सारांश
- बागलुङ महोत्सवमा आठ करोड रुपैयाँको कारोबार भयो।
- महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरे।
- महोत्सवबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिनेछ।
बागलुङ । उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा रु आठ करोडको कारोबार भएको छ । संघका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएका छन् ।
बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव यही पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यावसायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर वागलुङमा उत्पादन हुने वस्तुको विक्री वितरण तथा प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो ।
महोत्सवमा निसीखोलामा भेंडाको उनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायतका स्थानीय उत्पादनले बजार पाएको जनाइएको छ ।
महोत्सवमा अटो मोबाइलदेखि होटल रेष्टुरेण्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएको थियो । स्टलमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । महोत्सवमा रमाइलो मेला सञ्चालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरीगत प्रतियोगिता, महिलाहरूका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भाले छुनेलगायत विभिन्न प्रतियोगिता सञ्चालन गरिएको थियो ।
सङ्घले महोत्सवबाट सङ्कलन भएको रकमबाट सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम बागलुङका लागि रु पाँच लाख ११ हजार १११ लाख र नेपाल पत्रकार महासङ्घ बागलुङका लागि रु एक लाख सहयोग प्रदान गरेको सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यवसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोसेली घर सञ्चालन आदिमा खर्च गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण