गण्डकी प्रदेश सांसद देवकोटाको रिटमा सुनुवाइका लागि पेसी तोकियो
सारांश
- गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाको रिट सुनुवाइका लागि पेसी तोकिएको छ।
- तत्कालीन माओवादी केन्द्रले ह्विप उल्लङ्घन गरेको भन्दै देवकोटालाई कारबाही गरेको थियो, जसका कारण उनी पदमुक्त भए।
- देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सदस्य भएको र माओवादीले कारबाही गर्न नमिल्ने जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए।
काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । देवकोटाको रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
तत्कालीन माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर ह्विप उल्लङ्घन गरेको भन्दै देवकोटालाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।
देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए । २०७९ मङ्सिर ४ मङ्सिरको प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१)बाट निर्वाचित भएका थिए । यसअघि सर्वोच्चले देवकोटाले दिएको रिटमा माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चले देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि उनको मनोनयन पत्र, निर्वाचन आयोगले दिएको प्रमाणपत्र र निर्वाचन आयोगले २०७९ मङ्सिर २९ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा नेपाल समाजवादी पार्टीको भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण