शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् एमालेका ८ उम्मेदवार (सूचीसहित)

बुधबार, २३ पुस २०८२, १२ : ००
बुधबार, २३ पुस २०८२

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो । 

जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ । 

यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप