बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाको ‘गलबन्दी नाइट’मा समीक्षाले प्रस्तुति दिने

बुधबार, २३ पुस २०८२, १२ : १८
बुधबार, २३ पुस २०८२

सारांश

  • अस्ट्रेलियामा 'गलबन्दी नाइट' साङ्गीतिक कार्यक्रम जनवरी २३ मा हुने भएको छ।
  • समीक्षा अधिकारी, आमेश भण्डारी र सुवास खत्रीको विशेष प्रस्तुति रहनेछ।
  • कार्यक्रमको उद्देश्य नेपाली गीत-संगीत र संस्कृतिको प्रवर्द्धन गर्नु हो।

काठमाडौँ । अस्ट्रेलियामा ‘गलबन्दी नाइट’ साङ्गीतिक कार्यक्रम हुने भएको छ । यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति रहनेछ । 

कार्यक्रममा समीक्षाको अलावा अभिनेता आमेश भण्डारी र गायक/सङ्गीतकार सुवास खत्रीको पनि प्रस्तुति रहनेछ । सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत शिरमा शिरबन्दी’का कारणले चर्चामा छन् । 

कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रा.लि र पाल्पा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो । आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा हुन लागेको हो । 

कार्यक्रमको उद्देश्य नेपाली मौलिक गीत–संगीत र सांस्कृतिक मनोरञ्जनलाई प्रवर्द्धन गर्ने रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप