बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

बुधबार, २३ पुस २०८२, १३ : ३८
बुधबार, २३ पुस २०८२

सारांश

  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।
  • सामाजिक सञ्जालमार्फत उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै चुनाव लड्ने प्रतिबद्धता जनाएका छन्।
  • मेयर साम्पाङ हालै श्रम संस्कृति पार्टी दर्ता गरी सोही पार्टीबाट संसदीय चुनावमा होमिन लागेका हुन्।

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं–१ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो !’ 

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा निर्वाचित भएका साम्पाङले हालै आफ्नै अध्यक्षतामा ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् । 

मेयर निर्वाचित भएपछि गठन भएको उनको यो पार्टीबाटै उनी अब संसदीय राजनीतिमा होमिन लागेका हुन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप