एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाएका पोर्तेलको नाम समानुपातिकको बन्दसूचीमा
बुधबार, २३ पुस २०८२, १४ : २७
काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशमा दलित क्लस्टरबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएका सोमनाथ पोर्तेलको नाम प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा समावेश रहेको पाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीमा पोर्तेलको नाम ८५औँ नम्बरमा छ ।
दलित क्लष्टरमा १३ नम्बरमा र दलित पुरुषतर्फ ५ नम्बरमा पोर्तेलको नाम छ । समानुपातिक बन्दसूचीको अन्तिम नामावली आइनसकेकाले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नका लागि कानुनी रूपमा बाधा नपर्ने कानुनका जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण