कालिकोटमा एमालेबाट फेरि नगीन्द्र शाही एकल सिफारिस
सारांश
- नेकपा एमाले कालिकोटले नगीन्द्र शाही 'नेशनल' लाई प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस गरेको छ।
- यसअघि काठमाडौंमा बसेको भेलाले शाहीसहित तीन जनाको नाम सिफारिस गरेपछि विवाद भएको थियो।
- जिल्ला कमिटीको बैठकले काठमाडौंको निर्णयलाई अमान्य गर्दै शाहीलाई एकल उम्मेदवार सिफारिस गरेको हो।
कालिकाेट । नेकपा एमाले कालिकोटले पुनः नगीन्द्र शाही ‘नेशनल’ लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिस गरेको छ । बुधबार सदरमुकाम मान्मामा बसेको जिल्ला कमिटीको बैठकले शाहीलाई एकल सिफारिस गर्ने निर्णय गरेको एमाले कालिकोटका सचिव पुष्पराज आचार्यले रातोपाटीलाई बताए ।
यसअघि सोमबार काठमाडौँमा बसेको भेलाले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा शाहीसहित युवा नेता वकिल बम र सीता शाहीको नाम समावेश थियो ।
काठमाडौँमा भएको बेलामा जिल्ला अध्यक्ष, जिल्ला इन्चार्जदेखि केही नेताहरू सहभागी थिए । तर, उक्त सिफारिस विवादित बन्यो । एमाले कालिकोटका केही नेताहरूले सामाजिक सञ्जालमै त्यसको प्रतिवाद गरे । साथै पार्टी केन्द्रको सर्कुलर विपरीत काठमाडौँमा बसेर कालिकोटको उम्मेदवार छनोट भएको भन्दै आलोचना भयो ।
प्रदेश पार्टी कार्यालयले पनि उक्त निर्णयप्रति विमति जनाएको थियो । लगत्तै सोमबार बेलुका नै जिल्ला सचिव आचार्यले बुधवारका लागि बैठक बोलाए ।
बुधबारको बैठकले शाहीलाई नै एकल सिफारिस गरेको आचार्यले बताए । ‘अस्ति काठमाडौँमा एक किसिमको भेला गराएर उहाँहरूले निर्णय गराउनुभयो,’ उनले भने, ‘त्यो वैधानिक थिएन । आज बैठकलाई वैधानिकता दिने काम भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण