काठमाडौँमा बसेर कालिकोटका एमाले उम्मेदवार सिफारिस, जिल्लामा व्यापक विरोध
सारांश
- नेकपा एमालेले कालिकोटमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस काठमाडौँबाट गरेको छ।
- जिल्ला कमिटीको बैठक बिना नै तीन जनाको नाम सिफारिस गरिएपछि एमालेभित्रै असन्तुष्टि बढेको छ।
- नेताहरूले जिल्लामै छलफल हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा समेत विरोध जनाएका छन्।
कालिकोट । नेकपा एमालेले प्रत्यक्षका लागि उम्मेदवार सिफारिस गर्न अपानी नै पठाएको छ । त्यसमा एउटा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटी र बाँकी जिल्लामा निर्वाचन क्षेत्र समन्वय कमिटीले आ—आफ्नो क्षेत्रमा बैठक गरेर सिफारिस प्रक्रिया सुरु गर्नुपर्ने छ ।
तर एमाले कालिकोटका नेताहरू उम्मेदवार सिफारिस गर्ने भेलासमेत काठमाडौँमा बसे । आइतबारदेखि काठमाडौँमा छलफल सुरु भएकोमा सोमबार तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । जसमा जिल्ला इन्चार्ज नगीन्द्र शाही ‘नेशनल’, युवा नेता वकिल बम र सीता शाहीलाई सिफारिस गरेको हो ।
अन्य नेताभन्दा उम्मेदवारका लागि सम्भावि नगीन्द्र शाही नै हुन् । उनी पार्टीको केन्द्रीय सदस्य छन् भने यसअघि ०७९ मा पनि उम्मेदवार थिए । यद्यपि उनी माओवादीका महेन्द्रबहादुर शाहीसँग झन्डै ७ हजार मतान्तरले पराजित भएका थिए ।
तर पनि एमाले कालिकोटमा अरू भन्दा जनमत भएका नेताहरूका रूपमा उनलाई नै चिनिन्छ । तर, कालिकोट जिल्लाको उम्मेदवार सिफारिसको काम सङ्घीय राजधानीमा गरिएको भन्दै व्यापक विरोध भएको छ । कालिकोट एमालेकै नेताहरूले उम्मेदवारको प्रक्रियादेखि नाम सिफारिसमा समेत असन्तुष्टि जनाएका छन् ।
एमाले कालिकोटका सचिव पुष्पराज आचार्यले रातोपाटीसँग भने, ‘खास उम्मेदवार छनोट गर्ने काम जिल्लामै बसेर व्यापक छलफलका माध्यमबाट गरिनुपर्ने हो, मैले भनेको पनि हो ।’ तर, जिल्ला अध्यक्षदेखि इन्चार्ज र केन्द्रीय सदस्यहरू काठमाडौँमै रहेकाले उतैबाट निर्णय भएको उनको भनाइ छ ।
जिल्ला कमिटीको निर्णय कसरी हुन्छ ? भन्ने प्रश्नमा उनले सबै नेताहरू जिल्लामा आएपछि माइन्युट तयार पारेर राखिने बताए ।
अर्कातर्फ उम्मेदवार सिफारिसमै विरोध भएको छ । एमाले कालिकोटका नेता तथा पूर्व प्रदेश कमिटी उपसचिव रमेश शाहीले उक्त निर्णयप्रति गम्भीर आपत्ति र असहमति नै जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आश्चर्य चकित..सहमतिको लागि उपलब्ध कालिकोटका साथीहरु बसेर टुङ्गो लगाउने भनेर बैठक बसौँ भन्ने कुनै सल्लाहबिना नाम सिफारिस मनोमानी गर्ने ?’
आफूखुसी कसैलाई सिफारिस गर्ने अधिकार प्रत्यायोजन नगरेको शाहीको टिप्पणी छ । रास्कोट नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता काशीचन्द्र बरालले राजनीति लुकेर, सानो समूहमा रमाएर, सबै विधि, पद्धति लत्याएर सिङ्गो पार्टीको दुरुपयोग नगर्न आग्रह गरेका छन् ।
‘सामाजिक सञ्जालबाट स्वघोषणा हुने कस्तो निर्णय ?,’ उनले प्रश्न गरेका छन् । मनोमानी गरिएको यो नाटकप्रति आफ्नो गम्भीर आपत्ति र असहमति रहेको उनको भनाइ छ । एमाले नेता तथा पूर्वमन्त्री कुर्मराज शाही पनि उम्मेदवारका आकाङ्क्षी थिए । तर, उनी काठमाडौँ जान सकेनन् ।
कमल भट्टराईले फेसबुकमा लेखेका छन्—अब यसो गरौँ, काठमाडौँ बसौँ, उतैबाट टिकट लिऊँ, चुनाव जितौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण