राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा २ सिट खाली, ६ जना उम्मेदवार
पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।
महिलाबाट ३ र अन्य क्लष्टरमा ३ गरी जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय कास्कीका प्रमुख नारायण ढकालले जानकारी दिए ।
राष्ट्रिय सभामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने अन्य दलहरू एकल प्रतिस्पर्धामा उत्रिएका छन् ।
गठबन्धनका तर्फबाट महिलामा सम्झना देवकोटाले उम्मेदवारी दिइन् । नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे रुची र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटाको उम्मेदवारी परेको छ ।
अन्य समूहमा गठबन्धनबाट प्राडा जगत तिमिल्सिनाको उम्मेदवारी पर्दा नेकपाले कपिल लामा र जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको छ ।
फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रियसभामा दुई पद रिक्त हुँदै छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् ।
गण्डकीमा कांग्रेस र एमाले गठबन्धनले दुवै सिट जित्ने निश्चितजस्तै छ । ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ ।
त्यसमध्ये कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् ।
उनीहरूको मतभार १ हजार २५२ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३३० मतभार हुन्छ ।
दुवै दलको मतभार जोड्दा ५ हजार १८१ पुग्छ । यो मतभार दुई तिहाइ भन्दा बढी हो । गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९४१ मात्रै हुन्छ । यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ ।
स्थानीय तहमा ४ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १०६ मतभार छ । प्रदेशसभामा दुई सांसद राप्रपाका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ । उनीहरू कतै पनि खुलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण