शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पत्रकार महासङ्घ भक्तपुरद्वारा तीन पत्रकार सम्मानित

बुधबार, २३ पुस २०८२, १९ : ४९
बुधबार, २३ पुस २०८२

भक्तपुर । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरले ती पत्रकारलाई सम्मानित गरेको हो । महासङ्घको २९ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट योगदान पुर्‍याउने ती पत्रकार नगर पुरस्कारसहित सम्मानित भएका हुन् । 

यसरी सम्मानित हुनेहरूमा पेशल आचार्य, विनोद कोजु र लीला श्रेष्ठ  रहेका छन् ।  आचार्यले महासङ्घले स्थापना गरेको १५ हजार रुपैयाँ राशीको स्व भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरे । 

त्यस्तै, कोजु र श्रेष्ठले स्व‍. मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरे । उनीहरूको पुरस्कारको राशी जनही २ हजार ५ सय रुपैयाँ रहेको थियो । 

सबै पुरस्कृतहरूलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारसहित सम्मान गरेका हुन् । 

कार्यक्रममा मन्त्री खरेलले देश निर्वाचनको सम्मुखमा रहेको भन्दै सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे।

1-PB

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सही सूचना प्रवाह गर्न आग्रह गरे। 

कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पत्रकारले लाइक, सेयर र भ्यूजु को मात्र ख्याल नगरी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताए । 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय उपाध्यक्ष उमित बागचन, मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले शुभकामना मन्तव्य राखेका थिए । 

1-PC

त्यसैगरी महासङ्घ भक्तपुर शाखाका पूर्व अध्यक्ष नारायणसुन्दर किलम्बु, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँकी अध्यक्ष शोभा अर्याल, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ललितपुरका अध्यक्ष रामहरि कार्कीलगायतले पत्रकारले संयमित भएर तथ्यपूर्ण र व्यावसायिक ढङ्गबाट पत्रकारिता गर्नुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप