आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन
सारांश
- आयल निगमको ५६औँ वार्षिकोत्सवमा १६७ प्रिन्ट रगत सङ्कलन भयो।
- रक्तदान कार्यक्रम निगमका कर्मचारी, परिवार र अन्य कार्यालयका कर्मचारीले गरे।
- अध्यक्ष डा रामप्रसाद घिमिरेले रगत अभावमा कसैको मृत्यु नहोस् भने।
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा १६७ प्रिन्ट रगत सङ्कलन भएको छ ।
निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा यसप्रकारको रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । निगमको ५५औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष १४७ प्रिन्ट रगत सङ्कलन भएको थियो ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै निगम सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरे रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम निरन्तरतामा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण