कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै
बैतडी । बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ ।
जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए। पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजीकार्य जारी रहेको भए पनि उनी सम्पर्कमा नरेहका उनले जानकारी दिए । उनका अनुसार निज कैदीले जिल्ला अदालतको फैसलाबाट जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका थिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । कैदीबन्दी स्वेच्छिक रूपमा सम्पर्कमा नआए प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
फरार रहेका कैदीबन्दीका बारेमा कसैलाई जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई गोप्य रूपमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै फरार कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको प्रजिअ पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण