कांग्रेस विवाद : विशेष महाधिवेशनको पक्षमा मृतकको हस्ताक्षर प्रयोग
सारांश
- नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृतक महाधिवेशन प्रतिनिधिको हस्ताक्षर प्रयोग गरेको पाइएको छ।
- सर्लाहीका उपेन्द्र रामको हस्ताक्षर प्रयोग गरिएको थियो, उनको निधन असोज २४ गते भएको थियो।
- उपेन्द्रका छोरा चन्दन रामले हस्ताक्षरबारे आफूलाई जानकारी नभएको बताएका छन् र हस्ताक्षर फिर्ता लिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर प्रयोग गरेको पाइएको छ । उनीहरूले सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका–५ हरिपूर्वा स्थायी ठेगाना भएका महाधिवेशन प्रतिनिधि उपेन्द्र रामको हस्ताक्षर प्रयोग गरेका छन् ।
तर उपेन्द्रको गत असोज २४ गते नै निधन भएको उनका छोरा चन्दन रामले जानकारी दिए । ‘बुबाको गत असोज २४ गते निधन भएको हो,’ चन्दनले रातोपाटीसँग भने, ‘हिजो कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण सर आउनुभएको थियो । हामी विशेष महाधिवेशनका पक्षमा छैनौँ भन्यौँ ।’
उनले विशेष महाधिवेशनको पक्षमा कसरी हस्ताक्षर गरियो भन्नेबारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । ‘म त जागिर गर्ने मान्छे, बुबाको हस्ताक्षर कसरी र कहिले गरियो यसबारे कुनै जानकारी भएन,’ रामले भने ।
उनको परिवारले बाबुको हस्ताक्षर फिर्ता लिएको पत्र बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर पठाएको छ ।
आफ्नो बुबा पहिल्यैदेखि कांग्रेसमा रहेको उनले बताए । परिवारमा बुबा र आमा कांग्रेसको क्रियाशील सदस्य रहेको चन्दनको भनाइ छ । उनीहरू सामान्य खेती किसानी गर्ने परिवार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण