नियुक्ति र शुल्कसम्बन्धी समाचारबारे ‘चिनियाँ लामा’ बज्रको आपत्ति
सारांश
- बौद्धका चिनियाँ लामा भूपति बज्रले नियुक्ति र शुल्कबारे आएका समाचारको खण्डन गरेका छन्।
- गुठीले चिनियाँ लामाको नियुक्ति वंश परम्परा र कानुनसम्मत रहेको दाबी गरेको छ, साथै शुल्क उठाउने कार्यमा संलग्नता नभएको जनाएको छ।
- गुठीले स्तुपामा सर्वसाधारणलाई चढ्न नदिने र विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउने काम बौद्धनाथ क्षेत्र विकास समितिले गर्ने जनाएको छ।
काठमाडौँ । बौद्धका ‘चिनियाँ लामा’ भूपति बज्रले नियुक्ति र शुल्कबारे आएका समाचारको खण्डन गरेका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामको भनाइमा आधारित भइ लेखिएको उक्त समाचारमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीमार्फत् उनले खण्डन गरेका हुन् ।
गुठीले एक प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ लामाको नियुक्ति वंश परम्परा र कानुनसम्मत रहेको दाबी गरिएको छ । त्यस्तै, बौद्धमा शुल्क उठाउने कार्यमा गुठीको संलग्नता नभएको समेत गुठीले प्रष्ट पारेको छ ।
बौद्धनाथ स्तुपाको प्रमुख (चिनियाँ लामा) पद ५ औँ शताब्दीदेखि चल्दै आएको वंश परम्परा भएको र हालका चिनियाँ लामा भूपति बज्र लामा पूर्व चिनियाँ लामा स्व. गणेश बज्र लामाका छोरा भएको आधारमा उनलाई नियुक्ति पाएको गुठीले प्रष्ट पारेको छ ।
त्यस्तै, गुठी संस्थान ऐन २०३३, नियमावली २०४९ तथा 'चिनियाँ लामा नियुक्ति सम्बन्धी कार्यविधि २०७८' ले पनि चिनियाँ लामाको सन्तान मात्र यो पदमा नियुक्त हुन पाउने वैधानिक व्यवस्था गरेको भन्दै यो नियुक्ति कानूनसम्मत रहेको समेत उक्त गुठीले जनाएको छ । यो अवस्थामा ५ करोड लेनदेन भएको कुरा कपोलकल्पित रहेको गुठीको दाबी छ।
स्तुपामा चढ्न ५ देखि १० हजार शुल्क लिने गरिएको भन्ने आरोपलाई गुठीले ठाडै अस्वीकार गरेको छ । यो काम आफ्नो नभएर बौद्धनाथ विकास समितिको भएको समेत गुठीको दाबी छ । विज्ञप्तिमा भनिएको छ, ‘स्तुपामा सर्वसाधारणलाई चढ्न दिने कार्य बौद्धधर्मको मान्यता विपरीत छ। विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउने काम बौद्धनाथ क्षेत्र विकास समितिले गर्दै आएको छ, गुठीले होइन।’
आफूले गुठीले स्तुपाको गरिमा कायम राख्न र धार्मिक विधि अनुसार पूजापाठ मात्र गर्दै आएको स्पष्ट पारेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण