असन्तुष्ट समूहलाई वार्तामा आउन ललितकला प्रज्ञा प्रतिष्ठानको आह्वान
काठमाडौँ । भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आह्वान गरेको छ ।
प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्ट समूहलाई लिखितरुपमा माग प्रस्तुत गरी छलफलमा आउन ध्यानार्कषण गराएको हो । विज्ञप्तिमा यही पुस १६ गते ‘प्रतिष्ठान विरूद्ध विरोधमा कार्यक्रम, नेपाली कलाकर्मीको आवाज अभियान’ भनी विभिन्न विषयका १५ बुँदा दिई सामाजिक सञ्जालमा आएको र त्यसैदिन केही कलाकार जम्मा भई प्रतिष्ठानको गेटबाहिर विरोध कार्यक्रम सञ्चालन गरेको उल्लेख छ ।
यसले प्रतिष्ठानको काम कारबाही र पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गरेको भए पनि विभिन्न आरोप र आक्षेपप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको उल्लेख छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले आरोप र विरोध सामाजिक सञ्जालमा गर्नुभन्दा लिखित र आधिकारीक रुपमा प्रतिष्ठानसँग माग राख्न अनुरोध गरेको बताए ।
“हामीले सामाजिक सञ्जालमा प्रतिष्ठानको विरोध गरेको देख्यौँ”, उनले भने, “समाधानका लागि वार्तामा औपचारिक रुपमा आउनुपर्छ । हामी उहाँहरुका गुनासा सुन्छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण