बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु
ढाका । बङ्गलादेश र पाकिस्तानबिच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाको राष्ट्रिय ध्वजावाहक बिमान बङ्गलादेश एयरलाइन्सले बिहीबार जानकारी दिँदै दुवै देशबिचको सम्बन्ध न्यानो बन्दै गएको र क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन देखिएको पृष्ठभूमिमा उडान पुनः सञ्चालन हुन लागेको जनाएको छ ।
बिमान बङ्गलादेश एयरलाइन्सका अनुसार आगामी जनवरी २९ तारिखमा पहिलो ढाका–कराची प्रत्यक्ष उडान सञ्चालन गरिनेछ । यो उडान साप्ताहिक दुई पटक सञ्चालन हुनेछ, जुन सन् २०१२ पछि दुवै देशबिचको पहिलो नियमित प्रत्यक्ष हवाई सेवा हो ।
एयरलाइन्सकी प्रबन्धक बोसरा इस्लामले बिहीबार भने, “हामी साप्ताहिक दुई उडानका साथ ढाका–कराची मार्ग पुनः सुरु गर्दैछौँ ।” भौगोलिक रूपमा भारतद्वारा करिब एक हजार ५०० किलोमिटरभन्दा बढी दूरीले विभाजित बङ्गलादेश र पाकिस्तान कुनै समय एउटै राष्ट्र थिए । सन् १९७१ मा भएको रक्तपातपूर्ण युद्धपछि बङ्गलादेश स्वतन्त्र राष्ट्र बनेपछि दुवै देश अलग भएका हुन् ।
बिमान बङ्गलादेश एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा प्रत्यक्ष उडान पुनः सुरु हुनु दुवै देशबीचको सम्पर्कमा उल्लेखनीय सुधार हुने उल्लेख गर्दै यसले व्यापारिक यात्रा, पर्यटन तथा पारिवारिक पुनर्मिलनलाई थप सहज बनाउने विश्वास व्यक्त गरेको छ ।
हाल बङ्गलादेश र पाकिस्तानबीच यात्रा गर्ने यात्रुहरूले दुबई र दोहा जस्ता गल्फ क्षेत्रका हबहरू हुँदै कनेक्टिङ उडान प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रत्यक्ष उडान सुरु भएपछि समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।
अगस्ट २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको करिब १५ वर्ष लामो स्वेच्छाचारी शासनको अन्त्य भएयता बङ्गलादेश राजनीतिक रूपमै उथलपुथलमा छ । हसिनाको निष्कासनपछि बङ्गलादेश र उनको पुरानो सहयोगी भारतबीचको सम्बन्ध चिसिँदै गएको छ भने मित्र मुस्लिम बहुल राष्ट्र पाकिस्तानसँगको सम्बन्ध क्रमशः न्यानो बन्दै गएको देखिन्छ ।
यसै सन्दर्भमा नोभेम्बर २०२४ देखि कराचीबाट बङ्गलादेशको प्रमुख बन्दरगाह चटगाउँसम्म कार्गो जहाजहरूको आवतजावत पुनः सुरु भएको थियो । त्यसयता दुवै देशबीच व्यापारिक गतिविधि बढेको छ भने सांस्कृतिक आदान–प्रदान पनि तीव्र बनेको छ । पछिल्लो समय लोकप्रिय पाकिस्तानी गायकहरूले ढाकामा प्रस्तुति दिएका छन् भने बङ्गलादेशी बिरामीहरू उपचारका लागि पाकिस्तान जाने क्रमसमेत बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण