विशेष महाधिवेशनलाई देउवाको काउन्टर, पुस २७ गते युवा भेला गर्न स्वीकृति
सारांश
- शेरबहादुर देउवाले पुस २७ गते पार्टी निकट युवाहरूको भेला गर्न स्वीकृति दिएका छन्।
- विशेष महाधिवेशनको काउन्टरमा युवा भेला बोलाएर चुनावी रणनीति बनाउने तयारी छ।
- भेलाको संयोजनको जिम्मा तरुण दलका अध्यक्ष गुरुङलाई दिइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस २७ गते पार्टी निकटका युवाहरूको भेला गर्न स्वीकृति दिएका छन् ।
बिहीबार बिहान देउवा निवास महाराजगञ्जमा देउवा भेट्न पुगेका नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, महिला सङ्घका अध्यक्ष उषा राउत मिश्र, किसान सङ्घका अध्यक्ष गणेश तिमिल्सिना र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पुस २७ गते युवा भेला गर्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव कार्यान्वयन गर्न देउवाले स्वीकृति दिएका भेटमा सहभागी विद्यार्थी सङ्घका अध्यक्ष शेर्पाले जानकारी दिए ।
‘हामीले २७ गते युवा भेला गर्छौ भन्ने प्रस्ताव सभापतिज्यू समक्ष राख्यौँ । त्यो प्रस्ताव कार्यान्वयन गर भनेर उहाँले स्वीकृति दिनुभयो,’ अध्यक्ष शेर्पाले रातोपाटीसँग भने, ‘अब हामी भेलाको तयारी गर्दैछौँ ।’
पुस २७ गते नै विशेष महाधिवेशन पक्षधरले काठमाडौँमा विशेष महाधिवेशन बोलाएका छन् । त्यसको काउन्टरमा युवा भेला गर्न लागिएको हो ।
विशेष महाधिवेशनको काउन्टरमा तपाईँहरूले भेला गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा शेर्पाले भने, ‘यसलाई काउन्टरका रूपमा बुझ्न हुन्न । हामीले युवाहरूको भेला बोलाएर चुनावी रणनीति बनाउने तयारी गरेका छौँ ।’
भेलाको संयोजनको जिम्मा तरूण दल अध्यक्ष गुरुङलाई दिइएको शेर्पाले बताए ।
भेटमा देउवाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास गर्न भ्रातृसंस्थाका अध्यक्षहरूलाई निर्देशन दिएका थिए । ‘पार्टीलाई एकताबद्ध राख्ने प्रयास गर्नुहोला भनेर सभापतिले भन्नुभयो,’ शेर्पाले भने, ‘हामी साथीहरूलाई बुझाउन लाग्छौँ भन्यौँ ।’
विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् । महाधिवेशनका लागि विशेष पक्षधरले भृकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण