लोक सेवा आयोगद्वारा उपसचिवको परीक्षा स्थगित
बिहीबार, २४ पुस २०८२, १७ : ३६
काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै उपसचिव (अप्राविधिक) को परीक्षा स्थगित गरेको हो ।
माघ १० गतेदेखि माघ २८ गतेसम्म उपसचिवको परीक्षा हुने भनिएको थियो । आयोगका अनुसार स्थगित भएको परीक्षा कार्यक्रम १५ दिनको सूचना दिई पछि प्रकाशन गरिनेछ ।
गत पुस १७ गते निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लोक सेवाद्वारा सञ्चालन हुने परीक्षा स्थगितका लागि आग्रह गरेको थियो ।
सोही अनुसार आयोगले परीक्षा कार्यक्रम स्थगित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण