सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

डेढ घण्टा ढिलो गरी सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक

बिहीबार, २४ पुस २०८२, १८ : ०१
बिहीबार, २४ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सानेपामा सुरु भयो, ढिलो गरी सुरु भएको थियो।
  • विशेष महाधिवेशन र नियमित महाधिवेशनबारेको विवाद समाधानका लागि बैठक बोलाइएको हो।
  • महामन्त्री विश्वप्रकाश शर्मा बैठकमा अनुपस्थित रहे भने गगन थापा भने बैठकमा उपस्थित छन्।

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन डेढ घण्टा बढी ढिलो गरी सुरु भएको हो । 

विशेष महाधिवेशन र नियमित महाधिवेशन के गर्ने भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधवार मात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए । २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले बुधवार नै विशेष महाधिवेशन आह्वान गरेका थिए । तर, केन्द्रीय कार्यालयले भने त्यो आह्वान अवैधानिक भन्दै उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिसकेको छ । यही विवादको समाधान खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो । 

महामन्त्री शर्माले बिरामी परेको भन्दै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।  अर्का महामन्त्री थापा भने बैठकमा उपस्थित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप