कोशी मन्त्रिपरिषद् बैठकः योजना आयोग गठन तथा सञ्चालन आदेश स्वीकृत
विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठनपछिको पहिलो बैठक बसेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ ।
प्रवक्ता पराजुलीका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्लाई राय, सुझाव र सल्लाह दिनका लागि तीन वटा विषयगत समितिहरू पुनर्गठन भएको छ, जसमा राजनीतिक तथा प्रशासनिक समिति संयोजकमा मन्त्री भीम पराजुली र सदस्यहरूमा इन्द्रमणि पराजुली, विदुर लिङ्थेप, रामप्रसाद मेहता रहेका छन् ।
यस्तै कानुन, न्याय तथा प्रदेश मामिला समितिको संयोजकमा इन्द्रमणि पराजुली, सदस्यहरूमा तिलचन पाठक, मानबहादुर लिम्बू र भीम पराजुली रहेका छन् । आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा प्रदीप सुनुवार, सदस्यहरूमा तिलचन पाठक, विदुर लिङ्थेप र इस्राइल मन्सुर रहेका छन् ।
यसैगरी बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन र एकीकृत गरी बनाइएको ‘कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०८२’ लाई स्वीकृत गर्ने निर्णय गरेको पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण