ललितपुर मेयर कप ब्याडमिन्टन : विष्णु र भोज अन्तिम आठमा
ललितपुर । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को पुरुष एकलतर्फ सप्तरीका विष्णु कटुवाल र एपीएफका भोजबहादुर गुरुङ क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार भएको रोमाञ्चक भिडन्तमा जित निकाल्दै उनीहरूले अन्तिम आठको यात्रा तय गरेका हुन्।
ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको तेस्रो दिन विष्णुले नेपाल पुलिस क्लबका नगेन्द्र लिम्बुलाई १८–२१, २१–१८ र २१–१८ को पुनरागमन सेटमा पराजित गरे।
त्यसैगरी भोजबहादुरले पनि पुलिसकै सुनील जोशीलाई १४–२१, २१–९ र २१–१८ को सेटमा हराउँदै अघिल्लो चरणमा स्थान सुरक्षित गरे।
पुरुष एकलतर्फ नै नेपाल पुलिस क्लबका जीवन आचार्य, आर्मीका विधान अधिकारी, एपीएफका क्षितिज खनाल, आर्मीका नरेन्द्र बम, पुलिसका पूर्ण थापा र आर्मीका प्रफुल महर्जनले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन्। जीवनले आर्मीका अभय महरालाई र विधानले एपीएफका देवराज रानालाई पराजित गरे।
यस्तै क्षितिजले कविर केसी, नरेन्द्रले दीपकबहादुर बोहरा, पूर्णले टीराध्वज राई र प्रफुलले जोन जसराजलाई हराउँदै अन्तिम आठमा पुग्न सफल भए।
यता यू(१७ महिला एकलतर्फ बालकुमारी रिमिक्सकी सिभिलिका गिरीले क्वाटरफाइनलमा स्थान पक्का गरेकी छन्। उनले भैंसेपाटी स्पोर्ट्स एकेडेमीकी स्वीकृति कार्कीलाई १९–२१, २१–१७ र २१–९ ले पराजित गरिन्। सोही स्पर्धामा बालकुमारी रिमिक्सकै विशेषता खड्काले आर्मीकी युमिका साम्पाङ राईलाई सोझो सेटमा पन्छाइन्।
यू–१७ महिलातर्फ नै बालकुमारी रिमिक्सकी युश्ना महर्जन, आर्मीकी समृद्धि श्रेष्ठ र अजरेन्का सेरचन तथा फिटनेपाल स्पोर्ट्सप्लेक्सकी निभा राईले पनि क्वाटरफाइनल यात्रा तय गरेका छन्।
उनीहरूले आ–आफ्नो खेलमा क्रमशः रविना विष्ट, दिव्यानी आचार्य, रुचिरा बज्राचार्य र इरादा तिमल्सिनालाई पराजित गर्दै उपाधि होड कायम राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण