अमेरिकी सुरक्षाकर्मीले 'भेनेजुएला ग्याङ'लाई गोली हाने
शुक्रबार, २५ पुस २०८२, ०९ : ०५
सारांश
- ओरेगनको पोर्टल्याण्डमा सुरक्षाकर्मीको गोलीबाट एक पुरुष र एक महिला घाइते भएका छन्।
- प्रहरीका अनुसार, भेनेजुएलाको आपराधिक समूहका सदस्यलाई रोक्न खोज्दा गोली चलेको हो।
- यो घटना मिनियापोलिसमा एक महिलाको मृत्यु भएको भोलिपल्टै भएको हो।
ओरेगन । अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्याण्डमा सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार घाइते हुनेहरूमा एक पुरुष र एक महिला रहेका छन्। उनीहरूलाई तत्कालै अस्पताल लगिएको पनि पछिल्लो अवस्था कस्तो छ भन्नेबारे विस्तृत जानकारी आउन बाँकी रहेको बीबीसीले जनाएको छ।
अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका अनुसार यो घटना बिहीबार दिउँसोको समयमा भएको हो। सुरक्षाकर्मीहरूले भेनेजुएलाको एउटा आपराधिक समूह (ग्याङ) का सदस्यलाई शंका लागेर ट्राफिक चेकिङका लागि रोक्न खोजेका थिए। तर, ती व्यक्तिले आफ्नो कारले सुरक्षाकर्मीहरूलाई नै किच्ने प्रयास गरेपछि गोली चलाएको बताइएको छ।
यो घटना मिनियापोलिसमा एक संघीय एजेन्टको गोली लागेर एक महिलाको मृत्यु भएको भोलिपल्टै भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण