शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राप्रपा विवाद

राप्रपा कार्यालयमा दुई महिलाले थाले अनसन, पार्टीमा हंगामा

शुक्रबार, २५ पुस २०८२, २० : २१
शुक्रबार, २५ पुस २०८२

सारांश

  • राप्रपामा समानुपातिकको बन्दसूचीलाई लिएर विवाद उत्पन्न भएको छ, महिलाहरूले पार्टी कार्यालयमा अनसन सुरु गरेका छन्।
  • पार्टीले संस्थागत निर्णयको स्वामित्व लिन आग्रह गरेको छ, तर अनसनकारीहरूले निर्णय सच्याउन अस्वीकार गरेका छन्।
  • खुश्बु ओली र सरस्वती तामाङलाई समानुपातिकमा राखेकोमा असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाइएको थियो।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिकको बन्दसूचीबारे रडाको उत्पन्न भएको छ । 

शुक्रबार दिउँसो महिलाहरूको एक समूहले पार्टी कार्यालयमा आफूहरूको माग समेटिएको ज्ञापनपत्र बुझाएकोमा त्यसपछि पुनः अनसन थालेका छन् ।  पार्टीको महिला सङ्गठनकी सचिव चम्पा अधिकारी रिले अनसन र केन्द्रीय सदस्य नानीमैया आचार्यले आमरण अनसन थालेका हुन् । पार्टी कार्यालयमै आफूहरूले अनसन थालेको अधिकारीले रातोपाटीलाई बताइन् । 

‘हामीले पार्टी अफिसमै अनसन थालेका छौँ, पार्टीमा पहिलाको सहभागिता सम्मानजनक हुनुपर्छ । क्षमतावान् महिलालाई समानुपातिकको बन्दसूचीमा राखेर सम्मान गरिनुपर्छ । यो माग पूरा नहुँदासम्म हाम्रो अनसन जारी रहन्छ’, उनले रातोपाटीलाई भनिन् । 

पार्टी कार्यालयमै अनसन सुरु भएपछि चुनावको मुखमा राप्रपामा हंगामा भएको छ । पार्टी कार्यलयमै अनसन सुरु भएसँगै राप्रपाको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो ।  बैठकले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा गलत प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरू पार्टीको बृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पङ्क्तिलाई हार्दिक आग्रह गर्दछ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले संस्थागत रूपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको सबैमा स्मरण गराउँदछ ।’

No description available.

तर, अनसनमा बसेकाहरूले कुनै पनि हालतमा निर्णय नसच्याइने बताएका छन् । विशेषगरी खुश्बु ओली र उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वतीलाई समानुपातिकमा राखिएको विषयमा उनीहरूको आपत्ति छ । 

उनीहरुले शुक्रबार दिउँसो महामन्त्री राजेन्द्र गुरुङलाई विभिन्न मागसहितको ज्ञापनपत्र हस्तान्तरण गरेका थिए  भने सो क्रममा तनावको स्थिति समेत भएको थियो । 

के छ ज्ञापनपत्रमा ?

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप