चाँदीमा सुन मिसाएर गहना बेच्ने प्रवृत्ति बढ्यो, महासंघको चेतावनी
सारांश
- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी कारोबारमा बढ्दै गएको अनियमितताप्रति ध्यानाकर्षण जनाएको छ।
- महासंघले चाँदीमा सुन मिसाएर गहना बनाउने र कम तौलमा गहना बेच्ने प्रवृत्ति बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।
- यस्ता गतिविधिले उपभोक्तालाई भ्रममा पार्ने र व्यवसायीको विश्वास घटाउने भन्दै महासंघले कारबाहीको चेतावनी दिएको छ।
काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पछिल्लो समय सुनचाँदी कारोबारमा बढ्दै गएका अनियमित र अनैतिक अभ्यासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले चाँदीमा सुन मिसाएर गहना बनाउने तथा भारतबाट वैध र अवैध रूपमा ल्याइएका जलप गरिएका गहनाहरू कम तौलमा ठुलो, आकर्षक र सस्तो भन्दै विक्री–वितरण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै सबै सरोकारवालालाई सचेत रहन निर्देशन दिएको हो ।
महासंघले विभिन्न संघ–संस्थाबाट प्राप्त निवेदनका आधारमा यस्तो गतिविधिले उपभोक्तालाई भ्रममा पार्ने, सुनको शुद्धता र तौलमाथि गम्भीर प्रश्न उठाउने, बैंक तथा वित्तीय संस्थामा धितो कारोबारमा समस्या सिर्जना गर्ने र समग्र सुनचाँदी व्यवसायको विश्वास तथा प्रतिष्ठामै आघात पुर्याउने जनाएको छ । साथै, यस्ता अभ्यासले वास्तविक कालिगढ र इमानदार व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने महासंघको ठहर छ ।
महासंघका महासचिव निर बहादुर विश्वकर्मा (विमल)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सस्तो लोकप्रियताको लोभमा यस्ता गैर–जिम्मेवार एवं अनैतिक कारोबार र प्रचलित कानून विपरीतका कार्यहरू नगर्नु र नगराउनु सम्पूर्ण सदस्य, व्यवसायी, कालिगढ तथा सरोकारवाला सबैको दायित्व हो ।’
महासंघले समयमै सचेत र जिम्मेवार नबन्ने हो भने समग्र सुनचाँदी व्यवसायको भविष्य नै संकटमा पर्न सक्ने चेतावनी दिएको छ । साथै, यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यकताअनुसार सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गरिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण