निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छः अध्यक्ष ढकाल
सारांश
- चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिए।
- उनले सरकारले महासङ्घको मागलाई सकारात्मक रूपमा लिएको बताए।
- नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको र यसले लगानी बढाउने लक्ष्य राखेको छ।
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी लगानीमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार भक्तपुर उद्योग वाणिज्य सङ्घको ३८ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले महासंघको उक्त मागलाई सरकारले सकारात्मक रूपमा लिएर घोषणाको तयारी गरेको बताएका हुन् ।
महासङ्घ ढकालले भने, “विद्यालयलाई जस्तै निजी लगानीका औद्योगिक क्षेत्रलाई पनि शान्ति क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका थियौँ, मन्त्रिपरिषद्ले यसलाई पारित गरेको जानकारी पाएका छौँ, सरकराले अब छिट्टै शान्ति क्षेत्र घोषणा गरेपछि निजी क्षेत्रमा कुनै प्रकारको बन्द, अडताल, तोडफोड, आगजनी निषेध हुन्छ ।”
अध्यक्ष ढकालले गत भदौ २३–२४ का प्रदर्शनका क्रममा उद्योग र निजी सम्पत्तिमा आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरे । उनले निजी क्षेत्रको मनोबल खस्किएको र लगानीमैत्री वातावरण छैन भन्ने भाष्यलाई चिर्दै महासङ्घको पहलमा निजी क्षेत्रका व्यवसायी जुटेर रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताए ।
उक्त कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता र उत्पादनमूलक क्षेत्रमा लगानी तथा रोजगारी सृजना गर्ने लक्ष्य राखेको बताउँदै उच्चस्तरीय आर्थिक सुधार आयोग गठन एवं लगानीमैत्री वातावरणको लागि विभिन्न कानुन संशोधनमा महासङ्घले महत्वपूर्ण योगदान दिएको बताए ।
भक्तपुरलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र परम्परागत उद्योग तथा साना–मझौला व्यवसायको केन्द्रका रूपमा चिनाउँदै अध्यक्ष ढकालले स्थानीय वाणिज्य सङ्घहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सङ्घका भक्तपुर अध्यक्ष रोशनीमैया धौबञ्जा, महासचिव नविन प्रजापतिलगायतले भक्तपुरलाई पर्यटन र हस्तकला उद्योगबाट समुन्नत बनाउन लागिरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण