विष्णु माझीको नयाँ गीत 'दुधै फाटेसी' सार्वजनिक
शनिबार, २६ पुस २०८२, ०९ : ०४
सारांश
- विष्णु माझीको नयाँ गीत 'दुधै फाटेसी' सार्वजनिक भएको छ, जसमा राजनराज शिवाकोटीको शब्द र संगीत छ।
- यो गीत पहिलेको भर्सनको नयाँ रूप हो, जसमा राजनराज शिवाकोटी र विष्णु माझीको स्वर रहेको छ।
- गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ, जसमा राजन राज शिवाकोटी लगायतका कलाकारहरू छन्।
काठमाडौँ । नेपाली लोक गीत सङ्गीतकी सफल गायिका विष्णु माझीको नयाँ गीत 'दुधै फाटेसी' सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द, सङ्गीतमा तयार भएको गीतमा विष्णुलाई राजनले नै स्वरमा साथ दिएका छन्। गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज छ।
यो गीत केहि वर्ष अगाडि सार्वजनिक भैसकेको गीतको नयाँ भर्सन हो। गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने बीबी अनुरागीको एरेन्ज रहेको थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका हुन् ।
गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ। भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्मा फिचर छन् । पवन सुस्लिङ्गकाे छायाङ्कन र सम्पादन भिडियाेमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण