राजनीति
एमाले केन्द्रीय कमिटी बैठक एकै दिनमा सक्ने तयारी
शनिबार, २६ पुस २०८२, ११ : ५३
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक एकै दिनमै सक्ने तयारी गरिएको छ।
- बैठकमा महाधिवेशनमा निर्वाचित सदस्यलाई प्रमाणपत्र दिने र नियमावली प्रस्तुत गरिनेछ।
- अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो विकसित परिस्थिति बारे सम्बोधन गर्नेछन्।
काठमाडौँ । तीन दिनका लागि भनेर बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज एकै दिनमा सक्ने तयारी गरेको नेताहरूले बताएका छन् । ११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकका धेरै कार्यसूची नभएकाले एकै दिनमा सक्ने तयारी भएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र दिने, पार्टीको नियमावली प्रस्तुत गर्ने र पछिल्लो विकसित परिस्थितिबारे अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेर बैठक सक्ने तयारी छ ।
यसअघि स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भनिए त्यसबारे यो बैठकले कुनै निर्णय नगर्ने भएको छ । एमालेको गत पुस दोस्रो साता बसेको सचिवालय बैठकले निर्वाचन लक्षित नेताहरूको अस्थायी कार्य विभाजन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण