बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताहको अवसरमा र्‍याली (तस्बिरहरू)

शनिबार, २६ पुस २०८२, ११ : ५३
शनिबार, २६ पुस २०८२

सारांश

  • काठमाडौं ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ गर्यो।
  • सचेतनामूलक र्‍याली वसन्तपुरबाट सुरु भई ट्राफिक प्रहरी कार्यालयमा समापन भयो, जसमा विभिन्न सरोकारवालाको सहभागिता थियो।
  • प्रहरी महानिरीक्षकले सडक सुरक्षा सबैको दायित्व भएको र नियम पालना गर्न जोड दिए।

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को आज एक विशेष समारोहका बिच भव्य शुभारम्भ गरिएको छ । सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक र्‍याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो ।

जनचेतनामूलक नारा र प्लेकार्ड कार्यक्रममा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले हात-हातमा ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड र ब्यानरहरू बोकेका थिए । 

01-Traffic police program_Nepal Photo Library3

र्‍यालीमा 'ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौँ; 'मापसे गरी सवारी साधन नचलाऔँ', 'लेनको पालना गरौँ'जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएका थिए । सडक सुरक्षा साझा दायित्व समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई हरेक नागरिकको नागरिक दायित्व भएको बताए । उनले सवारी नियमको पूर्ण पालनाले मात्रै सडकमा हुने मानवीय र भौतिक क्षति कम गर्न सकिनेमा जोड दिए ।

02-Traffic police program_Nepal Photo Library5

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले सप्ताहभर उपत्यकाका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू, चालक(सहचालक लक्षित प्रशिक्षण र अन्तर्क्रिया सञ्चालन गरिने जानकारी दिए । तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

03-Traffic police program_Nepal Photo Library604-Traffic police program_Nepal Photo Library805-Traffic police program_Nepal Photo Library906-Traffic police program_Nepal Photo Library1007-Traffic police program_Nepal Photo Library1209-Traffic police program_Nepal Photo Library1810-Traffic police program_Nepal Photo Library1911-Traffic police program_Nepal Photo Library2012-Traffic police program_Nepal Photo Library113-Traffic police program_Nepal Photo Library2114-Traffic police program_Nepal Photo Library22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप