सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसको बृहत् तरुण, विद्यार्थी एवं महिला भेला स्थगित

शनिबार, २६ पुस २०८२, १५ : २६
शनिबार, २६ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले भोलि (पुस २७ गते) गर्ने तय भएको बृहत् तरुण, विद्यार्थी एवं महिला भेला स्थगित भएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले काङ्ग्रेस केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय २७ गते बन्द गर्ने र केन्द्र ,प्रदेश र जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आदि झुकाउने निर्णय गरेकाले भेला स्थगित गरिएको उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् । 

विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, पूर्वमन्त्री, वरिष्ठ  पत्रकार  दाहालको निधनले आफूहरू स्तब्ध भएको उल्लेख छ । 

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला सङ्घ, किसान महासंघ सहितले भोलि संयुक्त युवा भेला गर्ने निर्णय गरेका थिए । 

यस्तो छ कार्यक्रम स्थगितको विज्ञप्ति-

610718173_832657672929186_4177876920047626403_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप