पार्टीमा देउवाको ज्यादती भयो, विशेष महाधिवेशनको पक्षमा लागेँ : गोपालमान श्रेष्ठ
सारांश
- नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति देउवाको ज्यादती भएको भन्दै विशेष महाधिवेशनलाई समर्थन गर्ने बताए।
- उनले १४औँ महाधिवेशनमा देउवालाई समर्थन गरेकोमा पछुतो व्यक्त गर्दै शेरबहादुरजी तानाशाह बनेको आरोप लगाए।
- थापा र शर्मासँगको छलफलपछि श्रेष्ठ देउवा समूह छोड्ने निष्कर्षमा पुगे, र विशेष महाधिवेशन सफल पार्न सहयोग गर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पार्टीमा सभापति शेरबहादुर देउवाको सहनै नसक्ने ज्यादती भएको भन्दै विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन् ।
श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा खुल्ने नभइ पूरै लाग्ने बताए । ‘म अब विशेष महाधिवेशनको पक्षमा खुल्ने होइन पुरै लाग्ने हो,’ पूर्व उपसभापति श्रेष्ठले रातोपाटीसँग भने, ‘मैले १४औँ महाधिवेशनमा प्रस्तावक बनेर गल्ती गरेछु । शेरबहादुरजी तानाशाह बन्नुभयो । मनपरी गर्नुभयो ।’
शनिबार बिहान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेपछि आफू सभापति देउवा नेतृत्वको संस्थापन समूह छोड्ने निष्कर्षमा पुगेको श्रेष्ठले बताए ।
श्रेष्ठले देउवा कार्यवाहक सभापति दिएर सिंगापुर गएर फर्किएपछि पूरै अधिकार लिएको भन्दै आपत्ति जनाए । ‘सिंगापुर जानुअघि कार्यवाहक दिएँ भन्नुभयो । आएपछि अधिकार सबै लिनुभयो । आफ्नो अर्काको चिन्नुभएन । सङ्कटमा साथ दिएकाको साथ छोड्नुभयो । अब विशेष महाधिवेशन सफल गर्न मेरो पूरै सहयोग हुन्छ,’ श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण