गोरखाका दुईवटै क्षेत्रबाट बाबुराम भट्टराई सिफारिस, अरु को-को भए ?
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले डा. बाबुराम भट्टराईलाई गोरखाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
- पार्टीको जिल्ला कार्यसमितिको बैठकले भट्टराईसहित अन्य उम्मेदवारहरूको नाम पनि सिफारिस गरेको छ।
- निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिँदै पार्टीले जिल्लाका सबै तहमा आफ्नो उपस्थिति बढाउने रणनीति बनाएको छ।
पोखरा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईको नाम गोरखाका दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले गोरखा क्षेत्र नम्बर १ र २ बाटै डा.भट्टराईलाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको इन्चार्ज यानप्रसाद भट्टले जानकारी दिए ।
गण्डकी प्रदेश इन्चार्ज फणीन्द्र देवकोटाको विशेष उपस्थितिमा बसेको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो । गोरखा क्षेत्र नम्बर १ का लागि डा.भट्टराईसहित अन्य चार जनाको नाम पनि सिफारिस गरिएको छ । पत्रकार अर्जुन पन्त, नेताहरू शारदा प्रसाद धिताल, बाबुराम नेपाली र साधुराम नेपालीको नाम सिफारिस भएको हो ।
त्यसैगरी, गोरखा क्षेत्र नम्बर २ बाट पनि डा.बाबुराम भट्टराईको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । उनीसँगै यस क्षेत्रबाट बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ । बैठकले सबै नामहरू सर्वसम्मतिबाट चयन गरेको भट्टले बताए ।
बैठकले निर्वाचन केन्द्रित अभियानलाई तीव्र पार्दै जिल्लाका सबै पालिका र वडा तहसम्म पार्टीको उपस्थिति बढाउने रणनीति समेत तय गरेको इन्चार्ज देवकोटाले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण