नाउपाका प्रदेश सांसद र एमाले पूर्वकेन्द्रीय सदस्य उज्यालो नेपाल प्रवेश
शनिबार, २६ पुस २०८२, १९ : ३७
सारांश
- नागरिक उन्मुक्ति पार्टीका धर्मलाल चौधरी र एमालेका ठम्मर विष्ट उज्यालो नेपाल पार्टीमा प्रवेश गरे।
- लुम्बिनी प्रदेशका पूर्वमन्त्री चौधरी र पूर्वसांसद विष्टलाई पार्टी अध्यक्ष कुलमान घिसिङले स्वागत गरे।
- डा.नरबहादुर कार्की पनि उज्यालो नेपाल पार्टीमा प्रवेश गरे, र उनीहरूलाई केन्द्रीय सदस्य बनाइयो।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) प्रवेश गरेका छन् ।
चौधरी लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । नेकपा माओवादी पूर्वसांसद ठम्मर विष्ट पनि उज्यालो पार्टीमा प्रवेश गरेका छन् । चौधरी र विष्ट शनिबार उज्यालो नेपाल पार्टी प्रवेश गरेका हुन् । सुर्खेत घर भएका विष्ट एमालेका मनोनित पूर्वकेन्द्रीय थिए, हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।
शनिबारै अभियन्ता डा.नरबहादुर कार्की पनि उनेपा प्रवेश गरेका छन् । उनीहरूलाई नवनियुक्त पार्टी अध्यक्ष घिसिङले पार्टीमा स्वागत गरेका थिए, तीनै जनालाई उनेपाले केन्द्रीय सदस्य बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण