सिरहामा ४० ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
सारांश
- सिरहामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
- प्रहरीले भारतबाट आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा सखुवानन्कारकट्टी गाउँपालिकाका २२ वर्षीय श्रवनकुमार कामैत छन्।
सिरहा । सिरहामा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो करिब सवा १२ बजेको समयमा नवराजपुर गाउँपालिका वडा नं. ५ झाझपट्टीस्थित सडक खण्डमा चेकजाँचका क्रममा २२ वर्षीय श्रवनकुमार कामैत पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००२ प १६०८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोक्दा उनले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको लागुऔषध फेला परेको हो ।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले कामैतको खानतलासी गरेको थियो । उनको ज्याकेटको खल्तीमा रहेको स्टिलको बट्टाभित्र लुकाई राखिएको अवस्थामा बट्टाबाहेक ३९.९० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ परेका कामैत सिरहाकै सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. २ का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार कामैतमाथि लागुऔषध मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण