रास्वपाको समानुपातिकबाट नाम फिर्ता लिने विपिनसहित १६ पुगे
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन्।
- आचार्यले आफू प्रत्यक्ष चुनाव लड्ने बताएका छन्, तर औपचारिक रूपमा नाम फिर्ता लिन निर्वाचन आयोगले पुस २८ गतेको मिति तोकेको छ।
- यसअघि १६ जनाले समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरिसकेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।
आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको रातोपाटीलाई बताए । यद्यपि आयोगबाट औपचारिक रूपमा नाम फिर्ता लिनका लागि पुस २८ गतेको मिति निर्वाचन आयोगले तोकेको छ । उक्त दिन निवेदन दिएपछि मात्र औपचारिक रूपमा नाम फिर्ता हुन्छ ।
‘मैले समानुपातिकबाट नाम फिर्ता लिएँ, अब म प्रत्यक्ष चुनाव लड्छु’, आचार्यले रातोपाटीसँग भने । रास्वपाले समानुपातिक सूची बुझाउँदा आचार्यलाई खस आर्यतर्फको पहिलो नम्बरमा सिफारिस गरेको थियो । आचार्यसँगै रास्वपाबाट समानुपातिकबाट नाम फिर्ता लिएको घोषणा गर्नेहरूको सङ्ख्या १६ जना पुगेको छ ।
यसअघि सचिन ढकाल,डा.अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक, रामजी राम, सुदेश गुरुङ र महेन्द्र लावतीले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण