ब्रिटिश कलेजको अनुमति खारेज गर्न १२ विद्यार्थी संगठनको माग
काठमाडौं । काठमाडौंमा सञ्चालित ब्रिटिश कलेजको अनुमतिपत्र खारेज गर्न १२ वटा विद्यार्थी संगठनले माग गरेका छन् । कलेजले हस्पिटालिटी विजनेस म्यानेजमेन्ट लगायत शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाएको, अत्यधिक शुल्क असुलेको, फरक पाठ्यक्रम पढाएको र भर्ना गरिएका विद्यार्थीहरूलाई यूएईमा अलपत्र पारेको विषयमा त्यहाँका विद्यार्थीहरू आन्दोलनरत् छन् ।
संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट आइतबार विज्ञप्ति जारी गर्दै पटक-पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर पीडित विद्यार्थीहरूलाई न्याय दिन दबाब दिँदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा ब्रिटिश कलेजका सञ्चालकले विद्यार्थीहरूमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भइरहेकोमा आपत्ति जनाएका छन् । उनीहरूले यस्तो हर्कत गर्ने ब्रिटिश कलेजको अनुमति रद्द गरी ठगीधन्दामा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।
‘विद्यार्थीहरूले समस्या समाधानका लागि आवाज उठाउँदा कलेज प्रशासनले गुण्डाहरु परिचालन गरेर विद्यार्थीलाई धम्काउने, थर्काउने र पीडित विद्यार्थीलाई झुटो र बनावटी मुद्दामा हिरासत पठाउने जस्तो घृणास्पद गतिविधि चलाइरहेकोप्रति संयुक्त विद्यार्थी संगठनको तर्फबाट घोर भर्त्सना र कडा निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, अखिल नेपाल विद्यार्थी फेडेरेसन, जनपक्षीय विद्यार्थी युनियन नेपाल, अखिल पाँचौं र अखिल नेपाल विद्यार्थी युनियनले कलेज प्रशासनले विभिन्न हर्कत बन्द नगरे कडा प्रतिरोध गर्ने पनि चेतावनी दिएका छन् । ‘पीडित विद्यार्थीहरूलाई यथाशीघ्र न्याय दिन र विद्यार्थीहरुमाथि ठगीधन्दा चलाउने ब्रिटिश कलेजको अनुमति रद्द गरी विद्यार्थी ठग्ने धन्धामा संलग्न सबैलाई यथाशीघ्र कडा कानुनी कारवाही गर्न प्रहरी प्रशासन, शिक्षा मन्त्रालय लगायत सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण