२६ रन बनाएर आउट भए पनि रोहितले तोडे क्रिस गेलको कीर्तिमान
वडोदरा । न्युजिल्याण्डले एकदिवसीय शृंखलाको पहिलो खेलमा भारतलाई ३०१ रनको लक्ष्य दिएको छ ।
आइतबार वडोदराको कोटांबी स्टेडियममा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको छ । जवाफी ब्याटिङमा भारतले ९ ओभरमा एक विकेट गुमाएर ३९ रन बनाएको छ ।
कप्तान शुभमन गिल क्रिजमा छन् भने रोहित शर्मा २६ रन बनाएर आउट भएका छन् । यस इनिङ्समा दोस्रो छक्का प्रहार गरेसँगै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ओपनर बनेका छन् । उनले वेस्ट इन्डिजका क्रिस गेलको ३२८ छक्काको कीर्तिमान तोडेका हुन् ।
रोहितको नाममा अब ओपनरका रूपमा १९३ एकदिवसीय खेलमा ३२९ छक्का पुगेको छ ।
सबै ब्याटिङ पोजिसनहरूलाई मिलाउँदा रोहित यसअघि नै एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान भइसकेका थिए, उनको नाममा अहिलेसम्म कुल ३५७ छक्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण