कराते खेलाडी सानुमाया थिङ सम्मानित
काठमाडौं | कराते खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च राख्न सफल खेलाडी सानुमाया थिङ सम्मानित भएकी छन्। कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो दसौँ स्मृति दिवसका अवसरमा आइतबार थिङलाई नगदसहित सम्मान गरेको हो।
विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी काता खेलाडी सानुमायाले दक्षिण एसियाली र एसिया प्यासिफिक कराते च्याम्पियनसिप लगायतका विभिन्न प्रतियोगितामा पदक जितेर चन्द्रागिरी नगरपालिका र देशकै गौरव बढाएकी छन्। सोही योगदानको कदर गर्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो। यसअघि यो प्रतिष्ठानले भलिबलका सलिना श्रेष्ठ, प्रतिभा माली, रेश्मा भण्डारी, बक्सिङकी ललिता महर्जन र करातेकी अन्जली महर्जनलाई पनि सम्मान गरिसकेको छ।
चन्द्रागिरी नगरपालिकाको तीनथानस्थित ब्राइट फ्युचर स्कुलमा आयोजित विशेष समारोहमा सानुमायाका साथै अन्य क्षेत्रमा योगदान पुर्याउने महिलाहरूलाई पनि सम्मान गरियो। पत्रकार विष्णु पन्थी, कलाकार एवं अभियन्ता डा. सुन्जु भट्ट बस्नेत तथा ज्येष्ठ नागरिकद्वय नानी कार्की र साहिली कार्की सम्मानित भएका छन्। सम्मानित हुने सबै चन्द्रागिरी नगरपालिकाकै स्थानीय हुन्।
उनीहरूलाई नेपाल पत्रकार महासंघकी सभापति निर्मला शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद केशव पोख्रेल र प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले जनही १५ हजार १ रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र प्रदान गरे। सोही अवसरमा संस्थागत सम्मानतर्फ सिर्जनशील अपाङ्ग पुनस्र्थापना तथा विशेष शिक्षा विद्यालयलाई १ लाख १ रुपैयाँ प्रदान गरियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण