‘कांग्रेसको नेतृत्वमा सुशासन र परिर्वतन होस् भन्ने जेनजीको माग सम्बोधन गर्नुपर्छ’
नेपाली कांग्रेसका नेता गुरु घिमिरेले विशेष महाधिवेशनमा हुने हरेक छलफलमा प्रत्यक्ष सहभागी भई महाधिवेशनलाई उत्सवमार्फत ठिक दिशावोध गर्ने कार्यमा सक्रिय हुन आह्वान गरेका छन् ।
आइतबारदेखि भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता घिमिरेले भने, “नयाँ कार्यदिशा र नीति तय गरौँ, विधानमा संशोधन गरौँ, महाधिवेशन माग्दा राखेका विषय सम्बोधन गरौँ ।”
यस्तै कांग्रेस नेत्री पुष्पा भुसालले महाधिवेशनमार्फत तय हुने नीति र नेतृत्वले युवा पुस्ता विदेश पलायन तथा महिला हिंसामा पर्ने अवस्थाको अन्त्य गर्ने सन्देश दिनुपर्ने आवश्यकता औँल्याइन् ।
उनले भनिन्, “महाधिवेशनबाट विश्वेश्वरप्रसाद कोइरालाको विचारबाट खडा भएको इतिहास र सङ्घर्षलाई ऊर्जाका साथ अघि बढ्दै लोकतान्त्रिक विचारका साथ अघि बढ्ने छ, वाम गठबन्धनबाट मुक्त गर्नेछ, नयाँ जोसका साथ कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नेछ ।”
नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेताको पार्टी नभई नीति र संस्थागत पार्टी बनाउन ठुलो शक्तिका रूपमा विशेष महाधिवेशन बोलाइएको बताए ।
नेता प्रदीप पौडेलले जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई कांग्रेसको नेतृत्वमा परिवर्तन गर्न सन्देश दिएकाले त्यो पक्षलाई महाधिवेशनले प्राथमिक सूचिमा राखेर निर्णय गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, “जेनजी आन्दोलनले कांग्रेसलाई खबरदारी गरेको छ, त्यसैले हामीले केही त्रुटि सुधार गरी अघि जानुपर्छ, लोकतन्त्र संस्थागत गर्ने र सुशासन कायम गर्ने सन्दर्भमा सशक्त भएर आउँ भनेको छ ।”
नेता शुक्रराज शर्माले कांग्रेसलाई सुधार गरेर स्थापनाकालको जस्तो बनाउन आवश्यकता औँल्याउँदै त्यसबारेमा अहिले गम्भीर बहस र छलफल गर्न आवश्यक रहेको बताए । उनले नीतिगत सुधार गरी कांग्रेसलाई बलियो बनाउन तथा नेतृत्व पक्षलाई सुधार गरी युवा पुस्तालाई नेतृत्व प्रदान गर्न जरुरी रहेको विचार प्रकट गरे ।
नेता देवराज चालिसेले पार्टीको विशेष महाधिवेशन कांग्रेस पार्टीसँग मात्रै नभई जेनजी विद्रोह, देशको राजनीति, नवनिर्माण र परिवर्तनसँग जोडिएको बताए। उनले भन, “सत्तासँग सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टिकरणको सुरुआत भयो, चुनावमा हुने स्वार्थ प्रेरित गठबन्धनले हामीलाई कहाँ पुर्याउँछ ?”
नेपाली कांग्रेस बेल्जियम जनसम्पर्क समितिका पूर्व अध्यक्ष सीता सापकोटाले विशेष अधिवेशनमार्फत पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणले विदेशमा रहेका लाखौँ युवा जनशक्तिलाई स्वदेश फर्काउन सक्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण