गगनलाई शंकरको जवाफ : स्वार्थसामु लम्पसार पर्नु दासता हो
सारांश
- एमाले महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापाको भनाइको खण्डन गरे।
- पोखरेलले भूराजनीतिक स्वार्थमा लम्पसार पर्नु दासता हो र यसको विरुद्ध आवाज उठाउनु स्वाभिमान हो भने।
- उनले देश जलिरहेको बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि 'दास' जस्ता लाग्न सक्ने बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालक्षित टिप्पणी गरेका छन् । महासचिव पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु चाहिँ स्वाभिमान भएको प्रस्टीकरण दिएका हुन् ।
महामन्त्री थापाले आइतबार कांग्रेस दास र लासहरूको पार्टी नबन्ने र बाहरूले नबोल भन्दा चुप लाग्ने पार्टी नभएको बताएका थिए । थापाको सोही अभिव्यक्तिलाई लक्षित गर्दै पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।
उनले भनेका छन्, ‘यसरी पनि सोच्न सकिन्छ—
भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतङ्कका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो ।’
संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै सङ्कटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्’, पोखरेलले भनेका छन्,‘ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्व व्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण