एमाले अछाम इन्चार्जले छाडे पार्टी, नेकपामा सक्रिय हुने
सोमबार, २८ पुस २०८२, १२ : ०७
सारांश
- नेकपा एमालेका नेता भैरबबहादुर बोहोराले पार्टी छाडेका छन्।
- बोहोराले नेतृत्व सत्ता केन्द्रीत, अहङ्कारी र स्वेच्छाचारी भएको आरोप लगाएका छन्।
- उनले अब नेपाली कम्युनिस्ट पार्टीमार्फत यात्रा गर्ने बताएका छन्।
काठमाडौँ । नेकपा एमालेका पुराना नेता तथा अछाम जिल्ला इन्चार्ज भैरबबहादुर बोहोराले पार्टी छाडेका छन् । सोमबार बोहोराले एक वक्तव्य जारी गर्दै नेकपा एमालेको नेतृत्व सत्ता केन्द्रीत, अहङ्कारी र स्वेच्छाचारी भएर विपरीत सिद्धान्त र व्यवहार भएकाहरूसँग साँठगाँठ गर्न लागेको भन्दै पार्टी छाड्नुपरेको बताएका छन् ।
साथै उनले अबको यात्रा नेपाली कम्युनिस्ट पार्टीमार्फत हुने समेत जानकारी गराएका छन् । अछाम नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलको गृह जिल्ला हो ।
बोहोराको वक्तव्य राख्दै रावलले नेपालमा कम्युनिस्ट पार्टीको निर्माण र विकासमा अछामदेखि काठमाडौँसम्म लामो समय सहयात्रा गरेका बोहरासँग आजदेखि पुनः एउटै भावनाका साथ एउटै पार्टीमा अघि बढ्ने सङ्कल्प गरेका भन्दै खुसी व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण