काठमाडौँ, सप्तरी र मकवानपुरमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
सारांश
- काठमाडौँमा मोटरसाइकल र टिपर ठोक्किँदा एक जनाको मृत्यु भएको छ, चालकको मृत्यु भएको हो।
- सप्तरीमा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ, चालक फरार रहेका छन्।
- मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा छन्।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१३ गौरीगाउँस्थित सडकमा बा.७१ प ५८८९ नम्बरको मोटरसाइकल बा. ४ ख २८९८ नम्बरको टिपरमा ठक्कर खाँदा एक जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक २८ वर्षीय लोक बहादुर सुनार रहेका छन्। रामेछाप घर भई जोरपाटी बस्ने सुनारको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै सप्तरीको खड्क नगरपालिका-५ खरचुईयास्थित सडकमा नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। पिकअपको ठक्करबाट घाइते भएका ७९ वर्षीय साइकलयात्री लखन ठाकुरको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनापछि पिकअप र त्यसका चालक फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीले उल्लेख गरेको छ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेमा ट्रक र मोटरसाइकल ठोक्किँदा अर्का एक जनाको मृत्यु भएको छ। ना.४ ख ८९२१ नम्बरको ट्रक र ना.४६ प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ४० वर्षीय सूर्य बहादुर मोक्तानको मृत्यु भएको हो। मनहरी-७ का बासिन्दा मोक्तानको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर यी सबै दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण