कांग्रेसकाे विशेष महाधिवेशनमा नगएका अर्याल भन्छन्– प्रस्ताव र निर्णयमा पूर्ण समर्थन छ
काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि माइकल रामचन्द्र अर्यालले काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई समर्थन गरेका छन् ।
मकवानपुर निवासी अर्यालले सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै महाधिवेशनस्थल नगई कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई समर्थन गरेका हुन् ।
उनले भनेका छन्,'नेपाली कांग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुँ । बदलिएको परिस्थितिमा पार्टीको विशेष महाधिवेशन हुनुपर्ने निष्कर्षका साथ विशेष कारण खुलाई विशेष महाधिवेशन माग गर्ने २४८८ निवेदनकर्तामध्ये म पनि एक हस्ताक्षरकर्ता हुँ ।'
काठमाडौँमा आयोजित विशेष महाधिवेशनमा व्यक्तिगत समस्याका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै विशेष महाधिवेशनले गर्ने निर्णय र प्रस्तावमा पूर्ण समर्थन रहने उनले बताए ।
उनले भने,'नेपाली कांग्रेसमा सामयिक परिवर्तन र रूपान्तरण हुनुपर्छ भन्ने कुरामा दृढ संकल्पित रहँदै यस विशेष महाधिवेशनले गर्ने निर्णय र प्रस्तावकाप्रति पूर्ण समर्थन जनाउँदछु। र नियमनकारी निकायले आवश्यक ठानेको बखत सनाखत गर्न प्रतिबद्ध छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण