गगन र विश्वप्रकाशसँग छलफल गर्ने देउवाको तयारी
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने तयारी गरेका छन्।
- देउवा र कार्यवाहक सभापतिले महामन्त्रीहरूसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्।
- नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन वार्ता र संवादमा जोड दिनुपर्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने तयारी गरेका छन् ।
सोमबार आफूनिकट नेताहरूसँग छलफल गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन पक्षधरसँग छलफल गर्ने बताएका हुन् ।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन् ।
छलफलपछि कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले सभापति देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएको जानकारी दिए ।
केन्द्रीय समिति एकढिक्का भएर पार्टीलाई जोगाउने र एकढिक्का बनाउन आह्वान गर्ने उनले बताए । उनले नियमित महाधिवेशनले नै पार्टीको नयाँ नेतृत्व चयन गर्ने उल्लेख गरे ।
त्यस्तै कांग्रेस नेता डा.शशांक कोइरालाले वार्ताबाटै सबै कुराको समाधान गर्नुपर्ने सुझाव दिए । वार्ता र संवादमा जोड नदिए पार्टी विभाजन हुन सक्ने उनको भनाइ छ ।
त्यसअघि सोमबार नै कांग्रेस नेता शेखर कोइरालाले पनि सभापति देउवासँग छलफल गर्दै वार्ताका माध्यमबाट पार्टीलाई जोगाउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण