कांग्रेस आन्तरिक आवेग र उत्तेजनाबाट बाहिर निस्केर अघि बढ्नुपर्छ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले कांग्रेस आन्तरिक आवेग र उत्तेजनाबाट बाहिर निस्केर अघि बढ्नुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बर्तौलाले यस्तो बताएका हुन् ।
मुलुकका लोकतान्त्रिक संस्थाहरूमाथि सुनियोजित आक्रमण भइरहेको बताउँदै उनले भने,'काङ्ग्रेस आन्तरिक आवेग र उत्तेजना बाट बाहिर निस्केर फुटेर नभई जुटेर अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो। यस यथार्थतालाई बुझेर काङ्ग्रेस अघि बढ्न सकोस्, हाम्रो तर्फबाट यही शुभेच्छा रहेको छ ।'
उनले अहिलेको असामान्य र जटिल राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई सम्हालेर अगाडि बढ्न जरुरी रहेको बताए ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन भइरहेको छ । यससँगै कांग्रेस फुटको सङ्घारमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण