अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
सारांश
- ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिले अमेरिकासँग कुनै वार्ता नभएको बताए।
- डियास–कनेलले आप्रवासनबाहेक अन्य कुनै छलफल नभएको उल्लेख गरे।
- ट्रम्पले क्युबालाई सम्झौता गर्न र तेल कटौती गर्न सुझाव दिए।
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी शासन व्यवस्था रहेको क्युबालाई ‘सम्झौता गर्न’ वा त्यसको मूल्य चुकाउन आग्रह गरेपछि क्युबाली राष्ट्रपति मिगेल डियास–कनेलले सोमबार अमेरिकासँग ‘कुनै कुराकानी’ नभएको बताएको छन् ।
हवानाका वामपन्थी सहयोगी निकोलस मदुरोलाई अमेरिकी सेनाले सत्ताच्युत गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच वार्ता भइरहेको बताएपछि डियाज–कनेलले एक्समा लेखेका छन्, “आप्रवासनको क्षेत्रमा प्राविधिक सम्पर्कबाहेक अमेरिकी सरकारसँग कुनै छलफल भइरहेको छैन ।”
ट्रम्पले आइतबार हवानालाई चाँडै ‘सम्झौता गर्न’ आग्रह गरेका थिए भने जनवरी ३ मा अमेरिकाले भेनेजुयलाको राजधानी काराकसमा गरेको आक्रमणमा मदुरोलाई गिरफ्तार गर्नुअघि भेनेजुएलाले उपलब्ध गराएको सबै तेल र पैसा कटौती गर्न सुझाब दिएका थिए ।
वाशिङ्गटनले दशकौँदेखि आफ्नो छिमेकी टापु राष्ट्रमा अर्थव्यवस्था–अपाङ्ग बनाउन प्रतिबन्धहरू लगाउँदै आएको छ । ट्रम्पले हालैका दिनहरूमा दबाब बढाएका थिए ।
“क्युबामा अब कत्तिपनि तेल वा पैसा जाने छैन,” ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भने । “म दृढतापूर्वक सुझाव दिन्छु उनीहरूले धेरै ढिलो हुनु अघि (तत्काल) नै सम्झौता गरून् ।
ट्रम्पले कुन सम्भावित सम्झौताको बारेमा कुरा गरेको कुनै विवरण दिएनन् ।
क्युवालाई के गर्ने भनेर कसैले पनि बताउने छैन डियास–कनेलले आक्रोशित हुँदै भने । उनले थपे, “अमेरिकासँगको सम्बन्ध ’शत्रुता, धम्की र आर्थिक जबरजस्ती नभई अन्तर्राष्ट्रिय कानुनमा आधारित हुनुपर्छ’।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण