रेसुङ्गामा साउने मेला सुरु
गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा आजदेखि १ महिने साउने मेला सुरु भएको छ । रेसुङ्गाको प्रचारप्रसारका लागि विगतका वर्षहरुमा मेला आयोजना गर्दै आइरहेको मन्दिर व्यवस्थापन समितिले यसवर्ष पनि मेला आयोजना गरेको हो ।
१ महिने मेलामा धार्मिक प्रवचनसँगै रुद्री–चन्डी, शिवजीको दैनिक पूजा सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए
।
धार्मिक स्थल रेसुङ्गमा पूजा गर्न छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देहीलगायतका देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । मेलाको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिकस्थल रेसुङ्गाको पोखरीमा स्नान गर्दा भुलबस् गरेका पाप नष्ट हुने विश्वास गरिन्छ ।
धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडी यात्रामा उक्त स्थानमा पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण